हिपमत डटकम
काठमाडौं,२२ माघ :‘भद्रगोल’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल उर्फ ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाबीचको प्रेमसम्बन्धको चर्चाले अहिले बजार तातिरहेको छ । हाल ‘सक्किगो नी’ नामक हाँस्यटेलिश्रृंखलामा अभिनय गरिरहेका सागरले दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

सोहि क्रममा उनको प्रिज्मासँग भेटघाट भएको थियो ।जुम्ल्याहा दिदि-बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अहिले अभिनय क्षेत्रमा चर्चित छन् । दर्जनौँ म्यूजिक भिडियो तथा केहि चलचित्रका गीतहरुमा समेत उनिहरुले एकसाथ अभिनय गरेका छन् । सागर र प्रिज्मा मात्र होईन प्रिज्माकी बहिनी प्रिन्सी पनि मञ्जिल बस्नेतसँगको प्रेममा रहेको चर्चा छ ।

मञ्जिल पनि टिकटकबाट उदाएर हाल म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन् । यि चारैजनाले एक म्यूजिक भिडियोमा अभिनय गरेका छन् । एक बिश्वस्त श्रोतका अनुसार सागर र प्रिज्माले अर्को बर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् । केहि महिना अघिदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!