हिपमत डटकम
पोखरा,२२ माघ:चौथो सँस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ क्उभअष्ब िभ्मष्तष्यल ँयच ख्ष्कष्त ल्भउब िद्दण्द्दण् को अडिसन शनिबार हुने भएको छ । अडिसन पोखरा चिप्लेढुङ्गा स्थित क्लाउड नाइन रेष्ट्रोमा हुने आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जानकारी दिए ।
देशव्यापी आवेदन आह्वान गरेको यो कार्यक्रममा पोखरासँगै आसपासका अन्य जिल्लाका सहभागीहरु पनि अडिसनमा सहभागी हुँदैछन् । विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३० जना प्रतियोगीहरु छनौट गरिने कन्टेस्टका कार्यक्रम सँयोजक संगम रेग्मीले बताए।
अडिसनमार्फत छनौट भएका प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले बन्द प्रशिक्षण दिने कार्यक्रम संयोजक रेग्मीको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।
यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के्िटङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमो मनाइरहेको सन्र्दभमा भ्रमण वर्षलाई टेवा पुग्ने गरि चौथों सिजनलाई क्उभअष्ब िभ्मष्तष्यल ँयच ख्ष्कष्त ल्भउब िद्दण्द्दण् को रुपमा आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!