चीनको एक किन्डरगार्डेनमा बुधबार चक्कु आक्रमण हुँदा १६ जना बच्चा र २ जना शिक्षक घाइते भएका छन्।

दक्षिणी चीनको गुवाङ्सी स्वशासित क्षेत्रको बेलिऊ शहरस्थित एक किन्डरगार्डेनमा स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे एक युवकले अन्धाधुन्ध चक्कु हानेका थिए। घाइते भएकामध्ये २ जना बच्चाहरूको अवस्था गम्भीर रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरू सबैलाई अस्पताल भर्ना गरिएको छ।

चक्कु हान्ने स्थानीय २४ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले किन बच्चाहरूमाथि चक्कु हानेका हुन् भन्ने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!