हिपमत डटकम

बुधबार, बैशाख १५, २०७८ || 887  पटक पढिएको

अष्ट्रेलियाले सैन्य स्तरोन्नतिको लागि ५८ करोड डलर खर्चिने भएको छ । अष्टेलियाका प्रधानमन्त्री स्टक मौरिसनले बुधबार उत्तरी सैन्य बेसको स्तरोन्नति तथा अमेरिकासँगको युद्धकला अभ्यासको लागि उक्त रकम छुट्याइएको बताएका छन् ।

 

पछिल्लो समय चीनसँग अष्ट्रेलियाको कूटनीतिक तथा व्यापारिक सम्बन्ध तनावपूर्ण रहेको अवस्थामा अष्ट्रेलियाले सैन्य स्तरोन्नतिको घोषणा गरेको हो । उत्तरी क्षेत्रमा रहेको सैन्य सम्पत्ति विस्तार गर्नाले एसिया–प्यासिफिक क्षेत्रमा उत्पन्न हुन सक्ने कुनै पनि समस्याको जवाफ दिन सकिने अष्ट्रेलियाले बताएको छ । प्रधानमन्त्री मौरिसनले आफूहरुको उद्देश्य खुला र स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रको रक्षा गर्नु रहेको बताए ।

 

अष्ट्रेलियाले अहिले गरेको घोषणाअनुसार स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुनेछ भने सन् २०२६ मा सकिनेछ । गत वर्ष अष्ट्रेलियाका प्रधानमन्त्री मौरिसनले एसिया–प्यासिफिक क्षेत्रले ठूलो आर्थिक तथा रणनीतिक अनिश्चितताको सामना गरिरहकाले त्यसबाट बच्न आर्थिक कोष आवश्यक रहेको बताएका थिए । news source :- Onlinekhabar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!