हिपमत डटकम

मंगलबार, बैशाख १४, २०७८ || 616  पटक पढिएको

बैठकमा बस्दा मास्क नलगाएपछि थाइल्याण्डका प्रधानमन्त्री कारबाहीमा परेका छन्। सोमबार एक बैठकमा बिना मास्क बसेपछि त्यहाँका प्रधानमन्त्री जनरल प्रयुत चान ओ चालाई ६ हजार भाट (२२ हजार रुपैयाँ) जरिवाना तिराइएको छ।

बैंकक पोस्टकाअनुसार जनरल प्रयुतले भ्याक्सिनका विषयमा बैठक बोलाएका थिए र यो बैठकमा उनी मास्कबिना बसेका थिए। यही कारण उनलाई जरिवाना तिराइएको हो। बैंककका गभर्नर अस्विन क्वांमुआंगले फेसबुकमा पोस्ट गर्दै मास्क नलगाएका कारण प्रधानमन्त्री विरुद्ध आफूले उजुरी दर्ता गराएको बताएका छन्।

त्यसपछि पुलिसले प्रधानमन्त्रीलाई कारबाही गर्दै ६ हजार भाट जरिवाना असुलेको हो। थाइल्याण्डमा मास्क नलगाउनेहरुसँग २० हजार भाटसम्म जरिवाना असुलिएको छ। कोरोना संक्रमण बढिरहेका बेला थाइल्याण्डमा सबैका लागि मास्क अनिवार्य गरिएको थियो। सोमबारदेखि नै थाइल्याण्डको राजधानी बैंककमा मास्क लगाउन जरुरी गराइएको छ।

सोमबार मात्र थाइल्याण्डमा कोरोना संक्रमणका २ हजार ४६ केस आएका छन् र ८ जनाको मृत्यु भएको छ। एक दिनमा २ हजार भन्दा धेरै नयाँ केस भेटिएको यो चौथो दिन थियो। त्यससँगै अब थाइल्याण्डमा कडाइ गर्न थालिएको छ। थाइल्याण्डमा अहिलेसम्म ५७ हजारभन्दा धेरै संक्रमित भएका छन् र १ सय ४८ जनाको मृत्यु भएको छ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!