खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं , २२ माघ : भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले आफ्नी श्रीमतीको धोकाबाट रुष्ट भएर उनलाई सामाजिक बहिष्कारको सन्देश नयाँ तरिकाले दिएका छन् । श्रीमानको आरोप अनुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् ।

यसबारे विरोध जताउनका लागि श्रीमानले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरे । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए । राजिवले अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’

बुधबार, माघ २२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया