अबि “म अघि बढछु ” कार्यक्रममा सदस्यमा मनोनीत
झापा ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ विराटनगर ले सगरमाथा टिन्स क्लब गठन गरेर म अघि बढछु भन्ने कार्यक्रम अगाडि सारेको छ । कक्षा ९-१२ सम्म अध्यन गर्ने किशोर किशोरी लाई बफादार तथा जिम्मेवार बनाउने हिसाबले गठन गरेको छ ।
“आजका किशोर किशोरी देशका कर्णधार, यिनिहरुको सक्षमता नै समुन्नतिको आधार भन्ने मुलनारा को साथ गठन गरेको सगरमाथा टिन्स क्लब अन्तर्गत हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक बिधालय मा अबिशेक खतिवडा “अबि” लाई बिधालय तहको कार्यक्रम कार्यान्वयन समितिमा बिद्यार्थीको तर्फ बाट सदस्य पदमा मनोनीत गरिएको छ ।
येसै सगै खतिवडा स्टुडेन्टस क्रिएटिभ फोरमका अध्यक्ष , जलथल बाल क्लबका पुर्व अध्यक्ष , प्रहरी समुदाय साझेदारी ,सदस्य ,युबा तथा खेलकुद बिकास समिती हल्दिबारी ३ सदस्य ,रातमाटे सामुदायिक बन उपभोक्ता समूह मा लेखा समिती संयोजक ,सरसफाइ अभियान्ता ,बाल अभियान्ता तथा हल्दिबारी गाउँपालिका भित्र जुझारु युबा हुनुहुन्छ ।