हिपमत डटकम
काठमाडौं,२१ माघ:यो वर्षको प्रतिक्षित फिल्म मध्ये एक हो ‘प्रेमगीत ३’ । चैत २८ प्रदर्शन मिति तोकिएको फिल्मले पहिलो गीत ‘हात्ती ढुङ्गामा’ सार्वजनिक गरेको छ । चलन चल्तीका गीतभन्दा पृथक शैलीमा तयार पारिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द र सागर आले र मेलिना राईको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेता प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङ देखिएका छन् ।

https://www.youtube.com/watch?v=UaeScocRNsQ&feature=youtu.be

सयभन्दा बढी कोरस प्रयोग गरेर खिचिएको गीतमा र प्रदीप र क्रिस्टिनाको प्रेम देखिएको छ । छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको फिल्म ले राजेश श्रेष्ठले छायाँकन गरेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता रहेको फिल्मका निर्माता निर्देशक सेन हुन् ।फिल्ममा प्रदीप र क्रिस्टिनाको अलवा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको अभिनय रहेको छ । चन्द्रबहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन छ । तीन करोडभन्दा बढीको लगातमा निर्माण भएको बताइएको फिल्ममा डेढ सय वर्ष अगाडिको प्रेमकथा रहेको निर्माता निर्देशक सेनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!