हिपमत डटकम

मंगलबार, बैशाख ०७, २०७८ || 711  पटक पढिएको

प्रोटीनले भरपूर अण्डा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । त्यसैले स्वास्थ्यविद्हरू दिनको एउटा अण्डा खान सल्लाह दिन्छन् ।

तर गर्मीमा अण्डा खाने विषयमा मानिसहरू भ्रममा रहन्छन् । यसको प्रकृति तातो हुनाले गर्मीमा यो ठीक हुँदैन कि भन्ने सोच मानिसहरूमा देखिन्छ ।

तर यो गर्मीमा पनि खान हुन्छ । दिनदिनै नखाएपनि हप्तामा तीनपटक अण्डा खाए हुन्छ ।

जिम जानेहरूले अण्डाको सेतो भाग मात्र खानुपर्छ किनकि पहेंलो भाग बढी तातो हुन्छ । अनि एकपटकमा तीनवटा भन्दा बढी अण्डा खान हुँदैन किनकि यसले अपच, छटपटी र आन्द्रामा समस्या ल्याउँछ ।

ब्रेकफास्टमा दिनहुँ दुईवटा उमालेका अण्डा खानुस् । मिज जानेहरूले काँचो अण्डालाई दूधमा मिसाएर पनि खान सक्छन् । अण्डाको योकले गम्भीर रोगहरूबाट बचाउँछ ।

अण्डामा भएको भिटामिन बी–१२ ले डिप्रेसन र चिन्ता हटाउँछ ।

यसमा भएको पोषक तत्त्वले आँखाको तेज बढाउँछ र स्मरणशक्ति पनि बलियो पार्छ ।

यसले मुटुरोग पनि लाग्न दिँदैन ।

अण्डाको पहेंलो भागले प्राकृतिक कन्डिसनरको काम गर्छ ।

अण्डा खाँदा दिनभरि स्फूर्तिको अनुभव हुन्छ र कार्यक्षमता बढ्छ ।

तौल बढाउन वा घटाउन अण्डा उपयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!