जुगेश दास

सोमबार, बैशाख ०६, २०७८ || 683  पटक पढिएको

विराटनगर । स्वीस सरकार र नेपाल सरकारको संयुक्त साझेदारीमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदद्धारा कार्यान्वयन र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित इन्स्योर परियोजना अन्त्तरगत औद्योगिक प्रशिक्षण कार्यक्रमको स्वीस राजदुत महामहिम एलिजाबेथ भेन काप्लरले अवलोकन गर्नुभयो ।

औद्योगिक प्रशिक्षण कार्यक्रम ३.५ महिना प्राविधिक विद्यालयमा १९.५ महिना उद्योगहरुमा र बाँकी १ महिना ब्लक रिलिज गरी जम्मा २४ महिनाको अवधी रहेको छ । यो कोर्ष पुरा गरेपछि प्रशिक्षार्थीहरुले Pre Diploma लेवलको प्रमाण पत्र प्राप्त गर्नेछन् । जस अन्तर्गत आदर्श माध्यमिक विद्यालयमा ४० जना प्रशिक्षार्थी आई.टी.मा South Asian School of Tourism & Hotel Management (SASTHM), मनमोहन स्मृति प्रतिष्ठानमा २४ जना प्रशिक्षार्थी र पाथिभरा हिमालयन पोलीटेक्निकमा ४० जना प्रशिक्षार्थीहरु इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयमाअध्ययनरत रहेका छन् ।

हाल प्रशिक्षार्थीहरु औधोगिकअभ्यासका लागी ५० भन्दा बढि उद्योगहरुमा सहभागी छन् । जसमध्ये होटेल म्यानेजमेन्ट अन्तर्गत होटेल स्वागतम र आई.टी. अन्तर्गत टेक्निोकमर्सियल इम्पेक्स विराटनगरमा राजदुतद्वारा अवलोकन गरिएको थियो ।
अवलोकन काक्रममा स्वीस राजदुत महामहिम एलिजाबेथ भेन काप्लरले “यो कार्यक्रम नेपालको लागि नयाँ अभ्यास रहेको साथै उद्योगहरुको माँग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले लागु गरिएको छ भनाई राख्दै प्राविधिक विद्यालय, उद्योग, व्यावसायिहरु र प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया तथा छलफल गर्नुभयो ।

उक्त कोर्षको प्रशिक्षार्थी छनौट प्रक्रियामा उद्योगहरुको संलग्नता, समयअवधी र कार्यक्रमको दिगोपनाको लागि सम्बन्धित विद्यालय र उद्योग व्यवसायिहरुसँग छलफल तथा सम्वाद गर्नु भएको थियो । साथै दुई वर्षे औद्योगिक प्रशिक्षण कार्यक्रमको सुरुवाती चरणमा यसको सान्दार्भिकतामा अन्यौलता रहे तापनि आजको यो अवलोकनबाट नेपालको सन्दर्भमा औद्योगिक प्रशिक्षण कार्यक्रमको यो अवधि उपयुक्त रहेको बताउनुभयो ।”

छलफलको क्रममा टेक्निो कमर्सियल इम्पेक्सका Managing Director सुशिल रेग्मीको अनुसार “हाल विभिन्न तालिम प्रदायक संस्थाहरुले सञ्चालन गरिरहेको छोटो अवधिको तालिमहरुले उद्योगको आवश्यकतालाई पुरा गर्न नसकेको र यस कार्यक्रम अन्तर्गत उद्योगको लागि आवश्यक मानव संसाधन आफै तयार गर्न सक्ने भएकाले नेपालको सन्दर्भमा यो २४ महिने औद्योगिक प्रशिक्षण कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको छ ।”
त्यसैगरी SASTHM कलेजका Managing Director रोशन थापाका अनुसार “यो कार्यक्रमको दिगोपना र प्रभावकारीतालाई हेरी आफ्नै पहलमा उहाँको दुइवटा होटलको लागि आवश्यक औद्योगिक प्रशिक्षार्थीहरु यही मोडुल अन्तर्गत हरेक वर्ष सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!