हिपमत डटकम

सोमबार, बैशाख ०६, २०७८ || 572  पटक पढिएको

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै इच्छाकामना गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय रानीखोलाका शिक्षकलाई सङ्क्रमण देखिएको छ ।

भरतपुरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार वाल्मीकिका कक्षा १० का विद्यार्थीलाई सङ्क्रमण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको छ ।

आइतबार र आज सो विद्यालय बन्द गरिएको हो भने अन्य विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर कक्षा सञ्चालन गरिएको छ ।

गुञ्जानगर माविका दुई विद्यार्थी, नारायणीका लेखाका कर्मचारी र इच्छाकामनाका दुई शिक्षकमा सङ्क्रमण देखिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भूमिलाल सुवेदीले बताए ।

विद्यालयमा कोरोना देखिन थालेपछि अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी त्रसित भएका छन् । कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा आइतबार बसेको पालिकास्तरका शिक्षा शाखा प्रमुख र समन्वय एकाइ प्रमुखको बैठकले वैशाखभित्रमा वार्षिक परीक्षा सक्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । सुवेदीका अनुसार जेठमा गर्ने भनिएको वार्षिक परीक्षा वैशाखभित्रमा सम्पन्न गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।

निजी विद्यालयको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का प्रतिनिधिसँग आज छलफल गरिँदै छ । यहाँ आइतबार मात्रै २२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!