हिपमत डटकम

मंगलबार, चैत्र ३१, २०७७ || 755  पटक पढिएको
विराटनगर, ३० चैत । पछिल्लो २४ घण्टामा विराटनगरमा ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच महिला र छ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । तीन सय ५० जनाको परीक्षण गर्दा ११ महिला र १४ पुरुष सङ्क्रमित थपिएका हुन् ।मन्त्रालयका अनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र सङ्खुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
मोरङको विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा दुई– दुई, दुहवी र इटहरीमा एक–एक, झापाको दमकमा दुई र भद्रपुरमा एक, सङ्खुवासभाको खाँदबारीमा दुई र धर्मदेवीमा एक र प्रदेश १ बाहिरका दुई जनाको रिपोर्ट देखिएको हो । योसँगै प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा विराटनगरमा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा झापा दमकका ९२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि वृद्धलाई गत चैत २५ गते कोसी अस्पतालमा भर्ना गरिएको थियो । चिनी रोगी वृद्धको उपचारका क्रममा आइतबार राति करिब १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन एपोलो भगतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!