हिपमत डटकम

सोमबार, चैत्र ३०, २०७७ || 494  पटक पढिएको

नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न योग्यता नपुगेको दावी गरेर दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले रिट खारेजको निर्णय गरेसँगै नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो ।

सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ५ वर्ष काम नगरेको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो । सुवेदीले उच्चको मुख्य न्यायाधीश पदमा ३ वर्ष २ महिना ३ दिन मात्र काम गरेका छन् ।

न्यायाधीश तेजबहादुर केसीले सोमबार रिट खारेज गर्ने फैसला गरेका हुन् । बरिष्ठ अधिवक्ता वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले न्याय परिषद्को सचिवालय समेतलाई विपक्षी बनाएर रिट हालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!