हिपमत डटकम

सोमबार, चैत्र ३०, २०७७ || 763  पटक पढिएको

कोरोन भाइरस (कोभिड–१९) संक्रमणको महामारी बढ्दै गएपछि भारतको महाराष्ट्र शिक्षा विभागले १० र १२ कक्षाका बोर्ड परीक्षा स्थगित गरेको छ ।

प्रदेशकी शिक्षामन्त्री वर्षाले ट्विटरमार्फत जानकारी दिँदै कोरोनाका कारण परीक्षा स्थगित गरिएको बताइन् ।

‘वर्तमान परिस्थिति परीक्षा सञ्चालनका लागि अनुकूल छैनन्, विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता हो,’ उनले भनिन् ।

उनले १२ कक्षाको परीक्षा मे अन्त्यसम्म र १० कक्षाको परीक्षा जुन महिनामा हुने जानकारी दिइन् । परीक्षाको नयाँ मिति चाँडै घोषणा हुने उनले बताइन् ।

परीक्षा स्थगित गर्ने निर्णय लिनुअघि सरोकारवाला विद्यार्थी, शिक्षक, अभिभावक, सबै पक्षका प्रतिनिधि, विज्ञ लगायतसँग परामर्श लिइएको उनले जानकारी दिइन् । news source :- Lokaantar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!