हिपमत डटकम

शुक्रबार, चैत्र २७, २०७७ || 762  पटक पढिएको

दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने भनाइ नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर फलफूल हो ।

स्याउमा एन्टिअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ ।

स्याउमा धेरै पानी र फाइबर हुन्छ । त्यसैले यसलाई पूर्ण आहार बनाउँछ । अझ यसमा भएका प्राकृतिक कम्पाउन्डले तौल घटाउन मद्दत गर्छ ।

स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । अझ यसमा भएको पोलिफेनोलले रक्तचाप घटाउँछ ।

पेटको अग्न्याशय (प्यानक्रियाज) मा भएको बिटा सेलहरूको टिस्युमा क्षति पुग्नबाट बचाउनका लागि स्याउमा भएको पोलीफेनलले मद्दत गर्छ ।

स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्छ । केही अध्ययनहरूले स्याउ र क्यान्सर घटाउने बीचको सम्बन्धलाई देखाएका छन् ।

स्याउमा भएको एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दमबाट बचाउँछ ।

स्याउमा भएको फाइबरले राम्रो ब्याक्टेरिया जन्माउँछ र यसले शरीरलाई मोटोपना, टाइप टु मधुमेह तथा मुटुरोगबाट बचाउँछ ।

स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ । यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउँछ ।

स्याउले हाडलाई पनि बलियो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!