हिपमत डटकम

बिहिबार, चैत्र २६, २०७७ || 946  पटक पढिएको

ललितपुरको हरिसिद्धिबाट ९५ लाखभन्दा बढी मूल्यको सुटकेश, ब्याग र ल्यापटपको झोला चोरी भएको छ । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिबाट अनिरुद्र टिवरेवालले सञ्चालन गरेको अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र कामिलियन्ट ब्राण्डका सुटेकश चैत २३ मा चोरी भएको थियो । चोरीमा संलग्न ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले बताए ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका यमकुमार श्रेष्ठ, रामेछापका प्रदिप गौतम, सुनसरीका महेश अधिकारी, धनकुटाका दिपक खड्का र नविन अधिकारी छन् । सुनसरीको माता नगरपालिका–६ घर भई काठमाडौं बस्ने महेश अधिकारी अर्वन ओएसिस इन्टरप्राइजेजका पूर्व कर्मचारी हुन् । उनको योजनामा चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

सिसिटिभी फुटेज लगायत प्राविधिको अनुसन्धान गरेर प्रहरीले चोरीमा संलग्न आरोपीलाई नरेफाँट र जडिबुटीबाट पक्राउ गरेको थियो । आरोपीका डेराबाट प्रहरीले चोरीका सुटकेश र झोला बरामद गरेको छ । बा.२१च ७३४४ नम्बरको गाडी प्रयोग गरेर उनिहरुले चोरी गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!