मंगलबार, माघ २१, २०७६ || 991  पटक पढिएको

हिपमत डटकम
अछाम ,२१ माघ : अछामको पञ्चदेवल बिनायक नगरपालिक– २ माथिल्लो बिनायकका वडा अध्यक्ष पदमबहादुर धामीको शव फेला परेको छ । मंगलबार बिहान अनुहारभरि रगत लत्पतिएको अवस्थामा उनको शव आज बिहान भेटिएको हो । माथिल्लो बिनायकस्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अध्यक्ष धामीको हत्यापछि शव गोठमा लगेर फालिएको हुनसक्ने शङ्का गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारे खुल्न नसकेको पनि उनको भनाइ छ । बिहान ७ बजे भैसीलाई घाँस हाल्न गोठमा गएका एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनास्थल र शवको बारेमा विस्तृत अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले जानकारी दिएका छन् । मृतक ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!