विश्व स्वास्थ्य संगठनका अनुसार, क्यान्सर मृत्युको दोस्रो प्रमुख कारण हो । दैनिक जीवनशैली र खराब भोजनले क्यान्सर गराउँछ ।

क्यान्सरबाट बच्नका लागि यी ६ खानेकुराहरू खान छोड्नुस् ।

सोडा
सोडा स्वास्थ्यका लागि खराब कुरा हो । यसको अत्यधिक सेवनले ज्यान जान सक्छ । यसमा कुनै पोषक तत्त्व हुँदैन अनि यसमा भएको कृत्रिम रसायन र रंगले यसलाई ज्यानमारा बनाइदिन्छ ।

पपकर्न
फिल्महलमा पाइने माइक्रोवेभ पपकर्नमा पीएफओए नामक तत्त्व राखिएको हुन्छ । यसले आमाशय, मिर्गौला, कलेजो र मूत्राशयको क्यान्सर गराउँछ । ग्यासमा वा चुल्होमा फूल उठाइएको मकै खाँदा स्वास्थ्यलाई कुनै हानि गर्दैन तर माइक्रोवेभ ओभनमा तयार पारिएको पपकर्नको कृत्रिम ट्रान्स फ्याटले क्यान्सर गराउँछ ।

प्रोसेस्ड मीट
डिपार्टमेन्ट स्टोरमा पाइने प्रोसेस्ड मीटमा क्यान्सर उत्पन्न गर्ने तत्त्व हुन्छन् ।

रक्सी
रक्सी पिउने बानी लागेपछि क्यान्सर उत्पन्न हुन सक्छ । अत्यधिक रक्सी सेवन गर्दा कलेजोमा क्षति पुग्छ र मिर्गौलामा पनि दबाब पर्छ । रक्सीले मुख, पेट, कोलोन र मलाशयमा क्यान्सरको जोखिम बढाउँछ ।

मैदा
गहुँको प्राणै जाने गरी पिसिएको मैदा स्वास्थ्यका लागि हानिकारक छ । मैदा बनाउने क्रममा बढी सेतो बनाउन क्लोरिन ग्यास उपयोग गरिन्छ । अनि मैदा ग्लाइसेमिक इन्डेक्स अत्युच्च हुन्छ । यसले रगतमा चिनीको मात्रा बढाएर इन्सुलिन स्तर उच्च बनाउँछ ।

आलुको चिप्स
चिप्समा नून र फ्याट पाइन्छ जुन मानव शरीरका लागि राम्रो हुँदैन । त्यसमा एक्रिलामाइड पाइन्छ । त्यो क्यान्सर जन्मााउने रसायन हो । यही रसायन चुरोटमा पनि पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!