गणेश कुमार ठाकुर

मंगलबार, चैत्र २४, २०७७ || 860  पटक पढिएको

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित मोहन मा.वि.को प्राङ्गणमा ५ दिने निशुल्क योग बिज्ञान शिबिर मंगलवार देखि सुरु भएको छ ।
निःशुल्क ५ दिने योग बिज्ञान शिबिरलाई सम्बोधन गर्दै मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले भने योगा भनेको जिबनको महन्वपुर्ण गहना हो यसको हरेक पाइला पाइलामा महत्व हुन्छ ,यो महत्वलाइ बुझेर अगाडी बढ्दा असफलता भनेको खोजेर पनी पाइदैन भन्नु भयो । उँहाले योग जिबनको लागी अति आबश्यकता चिज भएको र योगले नै मानीसलाइ सकारात्माक दिशामा अगाडी बढाउँने भएकाले यसको ठुलो महत्व रहेको हो भन्नु भयो । योग मानिसका लागि अत्यावश्यक भएकाले जीवनमा स्वस्थ रहनको लागि प्रत्येक दिन नियमित योग गर्नुपर्ने यसले स्वास्थ स्वस्थ रहने सहयोग गर्ने भएकोले यसलाई जिवनौपयोगी बनाउनु पर्नेमा जोड दिदै योग सिकाई मात्र नभएर योगलाई स्वस्थ्य जीवनका लागि प्रयोग गरिए मात्र यसको सार्थकता रहने बताउदै सबैलाई शिविरमा सहभागी हुन समेत उहाले आग्रह गर्नुभयो ।

मिर्चैया नगरपालिका आयुर्वेद शाखाको अयोजनामा निशुल्क योग बिज्ञान शिबिर मिर्चैया नगरपालिका वडा नं.५ स्थित मोहन मा.वि.को प्राङ्गणमामा मंगलवार देखि २८ गते सम्मका लागि सन्चालन भएको मिर्चैया नगरपालिका आयुर्वेद शाखाका प्रमुख राकेश कुमार यादबले बताए ।
योग बिज्ञान शिबिरमा मिर्चैया नगरपालिका आयुर्वेद शाखाका प्रमुख राकेश कुमार यादबको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवको उपस्थिति रहेको थियो । बिशिष्ट अतिथि मिर्चैया नगरपालिका उप–मेयर जिवछी देवी साह,मिर्चैया नगरपालिकामा प्रशासकीय अधिकृत डम्बरध्वज आङदम्बे,मिर्चैया नगरपालिकाका वडाअध्यक्ष धिरेन्द्र साह मिर्चैया नगरपालिकाका वडा अध्यक्षहरु, मिर्चैया नागरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!