हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 1172  पटक पढिएको

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि विभिन्न उपाय अन्तर्गत लकडाउन पनि एक उपाय हो । मान्छेका गतिविधि नियन्त्रण गरेर भाइरसको फैलावट कम गर्ने उपाय अपनाउँदै भारतका विभिन्न ठाउँमा लकडाउन गरिएको छ ।

भारतको मध्यप्रदेश बैतुलमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले ५६ घण्टे लकडाउन गरेको छ । लकडाउनका बेला समेत मान्छेहरू अनेक बहाना बनाउँदै डुल्न थालेपछि प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

प्रहरीले लकडाउन उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिएर कोरोनाबारे बनेको जागरण फिल्म देखाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रोजेक्टरको माध्यमबाट फिल्म देखाएर गरिने सजायका माध्यमबाट सर्वसाधारणलाई सचेतना सम्बन्धी ज्ञान हुने प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!