हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 961  पटक पढिएको

बेलायतमा गरिएको एउटा अध्ययनमा हप्तामा १४ युनिट रेड वाइन सेवन गर्ने मानिसलाई मोतियाविन्दु (Cataracts) को खतरा कम हुने देखाएको छ । हरेक हप्ता धेरैमा ६ ग्लास रेड वाइन पिउने गरेको छ भने अझ बढी फाइदा हुने अध्ययनमा देखाइएको छ ।

NHS को अध्ययन अनुसार रेड वाइनका मोडरेट ड्रिंकर्सलाई मोतियाविन्दु हुने सम्भावना २३ प्रतिशत कम हुने समेत जनाइएको छ । साथै रेड वाइन वा रक्सी सेवन नगर्नेमा यो खतरा ज्यादा देखिएको छ । वाइनमा केही यस्ता एण्टी अक्सीडेन्टस हुन्छन् जसले आँखामा हुने मोतियाविन्दु बाट टाढा राख्ने काम गर्छ ।

मोतियाविन्दुमा आँखाको नानीको वरपर धमिलो जालो बन्ने गर्छ । जसका कारण आँखा कम देखिने हुन जान्छ । यो धेरैजसो वयस्क मानिसलाई हुने गरेको पाइन्छ । यस्तोमा मोतियाविन्दुकाे उपचार भनेको शल्यक्रिया नै हो । बेलायतमा हरेक वर्ष ४.५० लाखभन्दा धेरै मोतियाविन्दुकाे शल्यक्रिया हुने गरेको छ ।

लण्डनको मूरफिल्ड आइ हस्पिटल तथा युनिभर्सिटी कलेज लण्डनका वैज्ञानिकले ४.९२ लाख मानिसको मेडिकल तथा लाइफस्टाइलको अध्ययन गरेका थिए । यी मानिसलाई बेलायतको बायोबैंकले गरेको एक अध्ययनमा सामेल गराइएको थियो ।

अध्ययनमा जो मानिस हप्तामा १४ युनिट रेड वाइन पिउने गर्छन उनीहरुमा मोतियाविन्दुकाे शल्यक्रिया गर्नु नपरेको पाइएको थियो । एपिक नरफोल्क अध्ययनका अनुसार बियर वा स्कच पिउनेभन्दा वाइन पिउनेलाई फाइदा हुने देखिएको बताइएको छ ।

अध्ययनमा हप्तामा पाँच वा छ पटक रेड वाइन पिउनेको तुलनामा सेवन नगर्ने मानिसलाई मोतियाविन्दुकाे खतरा २३ प्रतिशत धेरै रहेको समेत देखाइएको छ । त्यस्तै युके बायोटेक स्टडीका अनुसार बियर तथा स्कच पिउनेहरूलाई यो खतरा १४ प्रतिशत मात्रै कम हुने पाइएको छ ।

यस अध्ययनका प्रमुख शोधकर्ता डा.शेरोन चुआका अनुसार मोतियाविन्दु त्यसबेला विकसित हुन्छ जब उमेरको साथमा शरीरको अक्सीडेटिभ स्ट्रेस घट्न जान्छ । तर, जसले अल्कोहल वा पिउने गर्छ उनीहरुको शरीरमा पॉलीफिनॉल एंटी-अक्सीडेंट्स (Polyphenol Antioxidants) हुन्छ जसले अक्सीडेटिभ स्ट्रेस कायम राख्न मद्दत गर्छ । पॉलीफिनॉल एंटी-अक्सीडेंट्स रेड वाइनमा धेरै हुने गर्छ । डा. शेरोनको यो अध्ययन ऑप्थैलमोलॉजी (Ophthalamology)जर्नलमा प्रकाशित गरिएको छ । यस अध्ययनका प्रमुख अनुसन्धाता डा.एन्थोनी ख्वाजाका अनुसार जसको शरीरमा अल्कोहल निकोटिनको मात्रा धेरै हुन्छ उनीहरुमा मोतिबिन्दुको शल्यक्रिया गराउनु नपर्ने देखिएको छ । news source ;- ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!