सोमबार, माघ २०, २०७६ || 1363  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२० माघ:स्वस्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पिउन आवश्यक छ । चिसो मौसममा हल्का मनतातो पानी नै पिउनु फाइदाजनक हुने विशेषज्ञहरु बताउँछन् । पानी स्वास्थ्यको लागि निकै महत्वपूर्ण पदार्थ हो । यसले शरीरमा थुप्रै फाइदा पुर्याउँछ ।

विशेषगरी, तातोपानी राति सुत्नुअघि पिउँदा निकै फाइदा पुग्ने विशेषज्ञहरु बताउँछन् । रातमा पाचन प्रक्रिया निकै तीव्र गतिमा हुने भएकाले सजिल्यै खाना पचाउनको लागि रातिमा तातोपानी पिउन आवश्यक हुन्छ । यदि हरेक दिन सुत्नुअघि १ गिलास तातोपानी पिउँदा खानालाई पचाउने, शरीरमा फ्याट जम्मा हुन नदिने र तौल घट्न मद्दत गर्छ ।

यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । तातोपानीले शरीरको तापक्रम बढाउँछ । र पसिना निकाल्ने गर्छ । जसले गर्दा रक्तसञ्चार राम्रोसँग हुने र शरीरको विषाक्त पदार्थ फाल्ने काम गर्छ ।

तातोपानीले डिप्रेशन र तनाव पनि कम गर्ने भएकाले रातिमा सुत्नुअघि पिउँदा राम्रोसँग निन्द्रा लाग्ने र फ्रेस बनाउँन पनि मद्दत गर्छ । त्यतिमात्र होइन तातोपानीले हामीले खाएको खानेकुरामध्ये नचाहिने खानेकुरालाई घोल्ने काम गर्छ जसले गर्दा पाचन प्रक्रिया सही ढंगले सञ्चालन हुन पाउँछ । र साथसाथै कब्जियत, ग्यास्ट्रीक जस्ता समस्याहरु कम हुँदै जान्छ ।

त्यसैगरी, तातोपानीले रगतलाई शुद्ध बनाउन गर्छ । जसले प्राकृतिक रुपमा नै रगत पातलो बनाउने हुँदा कोलेस्ट्रोलमा पनि तातोपानी फाइदाजनक हुनछ । रगतलाई राम्रोसँग घुलाउने भएकाले धमनीहरुमा रगत जम्न नपाउने हुँदा हृदयघातको सम्भावना पनि कम हुन्छ ।

त्यतिमात्र होइन तातोपानीले थकान कम गराउने, छालामा चमक ल्याउने, उमेर कम देखाउने र कपालको लागि पनि फाइदा गर्छ । राति सुत्नुअघि तातोपानी एक गिलास पिउने गर्दा दिनभरीको थकान कम गर्ने र शरीरका विभिन्न भाग दुखेमा पनि फाइदाजनक हुने हुन्छ । यसैगरी, राति तातोपानी पिउँदा एक्नि कम गर्ने, मुसा आउने समस्या कम गर्ने, डन्डिफोर आउन रोक्ने र छाला चम्किलो बनाउने गर्छ । छाला मात्र होइन तातोपानीले कपाल बढ्न पनि मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!