हिपमत डटकम
काठमाडौं,२० माघ:बलिउड नायिका सोनाक्षी सिन्हा बाइकमा यात्रा गरिरहेको भेटिएकी छिन् ।सोनाक्षीले मुम्बईको भीडभाड र ट्राफिकबाट बच्नका लागि बाइकको सहारा लिएको भारतीय संचार माध्यमले बताएका छन् ।सोनाक्षी सिन्हाले हेल्मेट लगाएर बाइक चलाइरहेको देखिइन् । सोनाक्षीका यी तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ ।

यस्तै सोनाक्षी सिन्हा यसका लागि सोसल मिडियामा पनि ट्रोल भइरहेकी छिन् ।सोनाक्षी सिन्हा आफ्ना दुई अंगरक्षकसहित बाहिर निस्किएकी थिइन् । सडकमा उनका अंगरक्षक लगातार उनीसँगै यात्रा गरिरहेको पनि देख्न सकिन्छ ।जसका कारण सडकमा जामजस्तो स्थिती पैदा भएको थियो । जसका लागि ट्वीटरमा प्रशंसकले आफ्नो रिस व्यक्त गरेका छन् ।

यतिबेला सोनाक्षी सिन्हाका केही भिडियो सार्वजनिक भएको छ, जसमा उनले मानिसहरुलाई बाटोमा भीड नगर्न भनिरहेकी छिन् । स्मरण रहोस्, सोनाक्षी सिन्हा करिना कपुरको शो ह्वाट वुमन वान्ट्सको सुटिङका लागि पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!