हिपमत डटकम

शनिबार, चैत्र २१, २०७७ || 932  पटक पढिएको

विराटनगरस्थित लाइफगार्ड अस्पतालको आइसियू कक्षमा उपचाररत् एक बिरामी भागेर आफैं घर पुगेका छन्।

आइसियू कक्षको शौचालयको झ्याल फोडेर देवानगञ्ज-१ सुनसरीका २१ वर्षीय विनोदकुमार मेहता भागेर शुक्रबार बेलुका घर पुगेका हुन्।

उनी शुक्रबार मध्याह्न अस्पतालबाट भागेका थिए। आइसियू उपचार कक्षमा लगाउने गाउनसहित उनी भागेका थिए।

उनी भागेर भिनाजूको घर हुँदै आफ्नै घर पुगेको अस्पताल प्रशासनले बतायो।

तर, यो घटना प्रहरीलाई भने रिपोर्ट गरिएको छैन। मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, ‘यो घटनाबारे हामीलाई अस्पतालले जानकारी दिएको छैन।’

अस्पताल प्रशासनका निरज श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै डिस्चार्ज गर्ने तयारी भइरहेको थियो।

‘तर, उनी आफैं भागेर घर पुगेपछि हामी पनि आश्चर्यमा पर्‍यौं,’ श्रेष्ठले भने।

विष सेवनपछि घाइते भएका मेहतालाई बुधबार लाइफगार्ड अस्पतालमा उपचारका लागि लगिएको थियो।

गत बुधबार पहिले उनलाई परिवारले इनरुवा अस्पतालमा लगेका थिए। इनरुवा अस्पतालले मेहतालाई लाइफगार्ड अस्पताल रिफर गरेको थियो।

भागेर उनी सुरूमा हरिनगरा-१ स्थित भिनाजुको घर पुगेका थिए।

अस्पतालको आइसियू कक्ष अति संवेदनशील मानिन्छ।

‘शौचालयको झ्यालको तारजाली फोडेर उनी भागेछन्,’ श्रेष्ठले भने।

उनको उपचार डा. अरबिन्द देवले गरिरहेका थिए। तीन दिनदेखि आइसियुमा उपचाररत् स्वस्थ हुँदै गएपछि डिस्चार्जको तयारी भइरहेको थियो।

अहिले मेहताका परिवार उनलाई लिएर अस्पताल जाँदैछन्। ‘अस्पताल आएपछि विरामीको अवस्था हेरेर परिवारको जिम्मा लगाउँछौं,’ श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!