हिपमत डटकम
बिराटनगर २० माघ:अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो ।

नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित यो संस्था गैर नाफामुलक भएको जनाइएको छ । सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट शुरु भएको इनासले हाल विश्वका ७३ वटा देशमा शाखाम विस्तार गरि सकेको छ ।

नेपालमा नयाँ शाखाको विस्तार सँगै गठन भएको कार्य समितिमा दयाराम पाण्डे संयोजकमा नियुक्त भएका छन् । संस्थाको वरिष्ठ संयोजकमा शुसिल पोखरेल,, प्रथम सह–संयोजक सुदीप कुमार रेग्मी, द्धितिय सह–संयोजक देव कुमार श्रेष्ठ, सदस्य सचिव गोपाल ढकाल, (छन्दे) र कोषाध्यक्ष्यमा कृपा भक्त महर्जन चयन भएका छन् ।

कार्यसमितिको सदस्यमा दिपीका प्रसाई, सलोन बस्नेत, सिन्धु मल्ल, श्री देव भट्टराई, कविराज गहतराज, उद्धव प्रसाद भट्टराई, भुमिका शाह, शैलेस डंगोल चयन भएका छन् ।

यस्तै, कृपा के.सी., सुदीप बराल, माधवराज खरेल, किशोर चिपाल, रामेश्वर बुर्लाकोटी, विजय अगवाज, एनराज शिवाकोटी, प्रमोद खरेल, मिरा दाहाल, अर्जुन खरेल, शंकर पाण्डे, प्रविधा अधिकारी, पुष्पा खनाल, रुपेन कोइराला, कल्पना श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!