हिपमत डटकम
काठमाडौं,२० माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ मुद्दा दायर गरेको छ । आयोगले सोमबार रिजालविरुद्ध ५ वटा मुद्धा दायर गरेको हो । रिजालविरुद्ध ४ वटा घुस लिएको र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा मुद्धा दायर भएको छ । यसअघि एक अभियुक्तसँग धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए । अख्तियारले उनलाई फरक–फरक सेवाग्राहीसँग पटक–पटक ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । त्यस्तै अनुगमनका नाममा ७७ हजार ६ सय भ्रमण भत्ता समेत लिएको आरोप रिजालमाथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!