सोमबार, माघ २०, २०७६ || 944  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२० माघ : ठेकेदार कम्पनीको लापरबाहीका कारण देशभरका ९६ वटा पक्की पुल निर्माणकार्य अवरुद्ध बनेको छ । साेमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो तथ्यांक पेश गरेका हुन् । उनीहरुले पुलको निर्माणकार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन भएकोमा आक्रोश पोखेका छन् । योजना आयोग, अर्थमन्त्रालय र भौतिक निमाण मन्त्रालयबीच समन्वय हुन नसक्दा थप समस्या आएको सांसदहरुको भनाइ थियो । बैठकमा पप्पु कन्स्ट्रक्सनको बेइमानी मिडियाले खुलासा गरेपनि अन्य निर्माण कम्पनीहरुको विषयमा भने राज्य नै मौन बनिदिँदा बदमासी सार्वजनिक हुन नसकेको विषयमा कुरा उठेको थियो । हाल देशभर १६ सय वटा पल निर्माण कार्य भएपनि ९६ वटा पुल निर्माणमा समस्या रहेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!