राजु बोहरा
हिपमत डटकम
काठमाडौं ,२० माघ : नेपालि लोक दोहोरी गीत संगीतको क्षेत्रलाई खाएर होस् अथवा भोकै बसेर धनि बनाउनका लागि बिगत निकै समय यता क्रियासित गायक तथा सर्जक प्रकाश कटुवाल पनि देखिन्छन् । समय र श्रोता दर्शकहरुको माग अनुसार आफ्ना प्रस्तुतिहरुलाई बजारमा ल्याउने क्रममा केहि गीतहरुबाट बिबादिद समेत बन्न पुगेका उनले आफ्नो मन मुटुबाट मौलिकता भने कहिल्यै भुलेनन् । फलस्वरूप भर्खरै मात्र प्रकाश कटुवाल र सपना थापाको प्रस्तुतिमा “लौरी गोगनको” बोलको गीत सार्बजनिक भएको छ ।

https://youtu.be/EOoEiBAdT5E

गीतबाट सामाजिक यथार्थता भित्रको पिंडा मात्र होइन, हरेक मानबको जिबनलाई सरल बनाउनका लागि रोमान्चक गीतहरु पनि बजारमा आउनु पर्दछ भन्ने मान्यता राख्ने प्रकाशले यस अघि पनि थुप्रै रोमान्चक सैलिका गीतहरु सार्बजनिक गरिसकेका छन् । प्रस्तुत गीतमा प्रकाश कटुवाल र सपना थापाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि उनै प्रतिभासाली कलाकार कटुवालले भरेका हुन् ।

गीतको म्युजिक भिडियोमा रेखा थापा संगको आकर्षक नृत्य सहित प्रकाश आफै नै देखिएका छन् । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!