हिपमत डटकम
काठमाडौं,२० माघ : विदेश भाग्न लागेका एक बलात्कार आरोपीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो । ८ महिनाअघि उनले गजुरीकै स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यतिबेला स्काभेटर चालकको रुपमा कार्यरत उनी सो घटनापछि फरार रहँदै आएका थिए । ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार गत जेठ १४ गते बस्नेतले घरको कोठामा सुतिरहेको बखर राति युवतीमाथि बलात्कार गरेका थिए । कोठाको ढोका फुटाएर भित्र पसी मुख समेत थुनेर बोल्न नदिइ उनले बलात्कार गरेका थिए । घटनायता फरार रहेका उनी भारतको विभिन्न क्षेत्रमा लुकीछिपी बसेको र पछिल्लो समय त्यहाँबाट फर्किएर वैदेशिक रोजगारीको नाममा कुवेततर्फ भाग्दै थिए । ब्यूरोले उनलाई नियन्त्रणपछि सोमबार नै जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!