हिपमत डटकम
काठमाडौं ,२० माघ : चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ मा समावेश गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो । ‘चार आनाको मसला’ बोलको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । हेर्नुस भिडियो यस्तो बनेको छ

यस्तै गीतमा डिपी खनालका शब्द छन् भने सुवास भुसालले संगीत दिएका छन् । प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतको नृत्य देख्न सकिन्छ । भिडियोमा सुपुष्पा र स्वस्तिमालाई बोल्ड अवतारमा नाच्दै गरेको देख्न सकिन्छ ।

निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । यसैगरी फिल्मलाई अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने सुवास भुसाल र अर्जुन कुमारले संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!