हिपमत डटकम
काठमाडौं ,२० माघ : चर्चित निर्देशक तथा गायक नारायण रायमाझी निर्देशित २०७२ सालको सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेलमा बन्न लागेको चलचित्र “परदेशी २” का लागी नायिका फाइनल भएकी छिन । निर्माण समुहले नायिका बर्षा सिवाकोटीलाई मुख्य नायिकाको रुपमा अनुबन्धित गरेको छ । नारायण रायमाझीले निर्देशन गर्ने फिल्म ‘परदेशी २’ का लागि तर यसको औपचारिक घोषणा भने निमार्ण समुहले चाँडै गर्ने बुझिएको छ ।

यस अघि नै चर्चित लोक गायक प्रकाश सपुत हिरोको रुपमा अनुबन्ध भएका थिए । प्रकाशले यसै फिल्म मार्फत रजतपटमा नायकको रुपमा डेव्यु गर्न लागेका हुन् भने नायिका बर्षा सिवाकोटी ले अहिले सम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन । चलचित्रमा गायक सपुतलाई अभिनेताको रुपमा अनुबन्ध गरेपछि निर्देशक नारायण रायमाझीले अभिनेत्रीको खोजीमा लागेका थिए ।

‘परदेशी’मा इन्डियन आइडलको उपाधी विजेता प्रशान्त तामाङ र नायिका रजनी केसीको जोडी थियो । सिक्वेलमा प्रकाश र बर्षा चयन भएका हुन् । सुपरहिट फिल्मको दोश्रो सिक्वेलमा प्रकाश र बर्षाको जोडी कस्तो देखिएला त ? फिल्ममा अर्की नायिका पनि रहने बुझिएको छ । ‘परदेशी २’ को छायाँकन केही सातामै सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!