पहिले पहिले गाउँघरमा मात्र खाइने कोदोको रोटी र ढिँडो अहिले उच्च घराना र चर्चित होटल रेष्टुराहरुको आकर्षक नेपाली खानाको रुपमा स्थापित भएको छ ।ढिडो अहिले शौखको खानाको रुपमा ब्राण्ड बनेको छ । यद्यपी, गाउँघरमा अरु अनाजको अभावमा धेरै हद सम्म बाध्यताको परिकारको रुपमा प्रयोग गरिदै आइएको छ ।
चिसो मौसममा तातो र मिठो परिकार खाने चलन धेरैको हुन्छ । तातो र मिठो खानामाको विषयमा चर्चा हुँदा जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ ।पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाडपर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो ।