हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 709  पटक पढिएको

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नुवाकोटका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट आठ हजार बिरामी लाभान्वित भएका छन्।

नुवाकोटको सूर्यगढी गाउँपालिकामा तीन दिन, तादी गाउँपालिकामा दुई दिन र दुप्चेश्वर गाउँपालिकामा तीन दिन शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ।

तीन पालिकामा सञ्चालित शिविरमा ७ हजार ९ सय ६६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए।

दाहालका अनुसार सूर्यगढीमा ३ हजार ४ सय २, तादी गाउँपालिकामा २ हजार ९ सय ४७ र दुप्चेश्वर गाउँपालिकामा १ हजार ६ सय १७ जना बिरामीले शिविरबाट स्वास्थ्य सेवा लिएका छन्।

तीन वटै शिविरमा गरी १ हजार ५३ जनाको इसिजी, १ हजार ३ सय ५६ जनाको भिडियो एक्सरे र १ हजार ६ सय ४ जनाको ल्याब टेष्ट गरिएको छ।

त्यस्तै, शिविरमै ६९ जनाको सामान्य शल्यक्रिया गरिएको छ। एक जना हाइड्रोसिल भएका विरामीको जटिल शल्यक्रिया पनि गरिएको छ। त्यस्तैगरी, १ सय ६४ जनाको दाँत फुकालिएको छ।

शिविरमा अप्रेशन सम्भव नभएका २ सय ५७ जनालाई अस्पतालमा बोलाइएको छ। उनीहरुलाई विशेष छुटमा अप्रेशन गरिने बताइएको छ। अब, चैत २० गते काभ्रेको जिरोकिलोमिटर, २३ गते काठमाडौंको मुलपानी र ३० गते काभ्रेपलान्चोकको कुशादेवीमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको केएमसीले जनाएको छ।

यसअघि पनि केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!