विराटनगर । विराटनगरकाे अरनिको माध्यमिक विद्यालयमा ताेडफाेड भएको छ । कक्षा १२ का विद्यार्थीले कक्षा ११ को परीक्षाफल सन्तोषजनक नआएको भन्दै विद्यार्थीहरुले तोडफोड गरेका छन् । कलेजले आन्तरिक परिक्षाको परिक्षाफल टाँसेपछि केहि विद्यार्थीहरुले असन्तुष्ट जनाउदै आक्रोशित भएका थिए ।
केहि समयमै विद्यालयमा तनावग्रस्तको रुप लिदै केही कक्षाकोठाको सीसा फुटाएका छन् । त्यसपछि प्रहरी पुगेर अवस्था सामान्य भएको छ ।