हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 432  पटक पढिएको

काठमाडौं उपत्यकाबाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण सम्पन्न भएको छ । चितवन मेडिकल कलेजमा राजधानी कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी ५४ वर्षीय धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो ।

कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो दिएकी हुन् । कलेजका विषेशज्ञ चिकित्सकहरू डा सञ्जय यादव, डा एकानन्द सिंह, डा किरण अधिकारी, डा सुरेश गौतम, डा बरुण श्रेष्ठ, डा सागर पौडेल, डा नवीन यादव, डा विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रुति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा निरज गोयल, डा अरुणकुमार, डा सञ्जीव अनिजालगायतको टिमले १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

लामाको स्वास्थ्य जाँच गराउँदा कलेजो काम नलाग्ने गरी बिग्रिएकाले प्रत्यारोपणको विकल्प नभएकाले सो निर्णय गरिएको थियो । बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीको छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन् ।
हाल कलेजो प्रत्यारोपण गरिएकी आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको कलेजले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!