हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 513  पटक पढिएको

पछिल्लो समय नेपालीहरुमा मुटु, क्यान्सर र मधुमेह लगायत विभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गएको छ ।

स्वास्थ्य रहनको लागि के गर्ने ?

धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने

धुमपान र सुर्तीजन्य पदार्थको सेवनले मानिसहरुमा क्यान्सर,दम लगायतका गम्भीर र दिर्घकालिन रोगहरु लाग्न सक्छ । त्यसलै स्वास्थ्य रहनको लागि धुमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहनु पर्छ ।

स्वास्थ्यकर खानपान

खान नजानेकै कारण पनि विभिन्न किसिमका रोगहरु लाग्ने गरेको छ । स्वास्थ्य रहनको लागि हामीले हरेक दिन खाने खाना पनि स्वास्थ्य हुनुपर्छ । आफ्नौ शरीरलाई चाहिने पौष्टिक आहार नियमित रुपमा खानाले धेरै रोग लाग्नबाट बचाउँछ । खानामा नियमित रुपमा हरियो सागसब्जी सहितको खानाले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

पर्याप्त पानी पिउने

स्वास्थ्य रहनको लागि शरीरमा पानीको मात्रा मिलाउनु जरुरी छ । स्वास्थ्य रहने चाहनामा शरीरले फिल्टर गर्न सक्ने भन्दा बढी पानी पिउँदा भने शरीरलाई असर पु¥याउन सक्छ । डा. रेग्मीका अनुसार शरीरले एक घण्टामा एक लिटर पानी मात्रै फिल्टर गर्न सक्छ । धेरै पानी एकैपटक पिउदा र कम पानी पिउँदा पनि शरीरलाई नकारात्मक असर पर्छ ।

नियमित व्यायाम तथा योगा

शरीर दिमाग र मनलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायाम तथा योगा गर्नु उपयुक्त हुन्छ । नियमित शारीरक व्यायाम र योगा गर्ने बानीले शरीरलाई स्वास्थ बनाउनुका साथै मन र दिमागलाई पनि तनावबाट मुक्त गराउँछ । योगाले मुटु रोग र तनावलाई घटाउँछ ।

मोटोपना,रक्तचाप तथा सुगर नियन्त्रण

रक्तचाप, सुगर र मोटोपनाले शरीर र दिमाग दुबैलाई असर गर्छ । मोटोपनाले रक्तचाप र सुगरलाई पनि बढाउँछ । स्वास्थ्यकर खानपान र नियमित व्यायाम तथा योगाले मोटोपना खटाउँन सहयोग गर्छ ।

इमोसन कन्ट्रोल गर्ने

शारीरिक रुपमा स्वास्थ्य रहेपनि मानसिक रुपमा तनाव र चिन्ता लिने मानिसलाई स्वास्थ्य व्यक्ति भन्न सकिदैन । धेरै दुःखी हुने र चिन्नता लिइरहने बानीले मानिसलाई मानसिक रुपमा कमजोर बनाउँछ । जसले उसको जीवनयापना समस्या ल्याउँछ । त्यसैले स्वास्थ्य रहनको लागि इमोसन कन्ट्रोल गनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!