हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 704  पटक पढिएको

जिल्ला प्रशासन कार्यालय बाराले मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही गर्ने भएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सतकर्तता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्ने भएको हो ।

डीसीसीएमसीको मंगलबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले कोरोना संक्रमणको जोखिमबाट बच्न फागुपूर्णिमा (होली)मा भिडभाड नगर्न भनेको छ ।

सीमानाकाबाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्य रुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराए मात्र प्रवेश गर्न दिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!