हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 426  पटक पढिएको

रोनाल्डोलाई किन्नका लागि कुनै क्लबले उचित मूल्य दिएमा यस सीजनको अन्त्यपछि बेच्ने सोच युभेन्टसले बनाएको छ ।

रोनाल्डोका लागि युभेन्टसले न्यूनतम २ करोड ५० लाख युरो रकम निर्धारण गरेको छ ।

स्पेनी पत्रिका एएसले यो दाबी गरेको हो र यसले केहीलाई आश्चर्यमा पारेको छ किनकि युभेन्टसका प्रमुख अधिकारी फाबियो पारातिचीले उनलाई क्लबबाट जान नदिने बताएका थिए ।

तर युभेन्टस पोर्टोसँग च्याम्पियन्स लीगमा हारेको र सिरी ए पनि जित्न लगभग असम्भव रहेको अवस्थामा रोनाल्डोले क्लब छोड्न मन गरेको बताइएको छ ।

मार्च महिनाको आरम्भतिर रोनाल्डोले पुरानो क्लब रियाल मड्रिडमा फर्किनका लागि कुराकानी गरिरहेको खबर आएको थियो ।

युभेन्टस गएपछि पहिलो दुई सीजनमा रोनाल्डोले घरेलु उपाधि जितेको भए पनि च्याम्पियन्स लीग जित्न सकेका थिएनन् । उनलाई युभेन्टसले सन् २०१८ मा १० करोडभन्दा बढी युरोमा किनेको नै च्याम्यिन्स लीग जिताउँछन् कि भनेर हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!