हिपमत डटकम
बिराटनगर ,माघ-१९ गते ।चर्चित गायक समिर आचार्यको स्वरमा रहेको “ठुम्का” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा पछिल्लो समय विभिन्न र्याप गित गाएर चर्चा कमाएका गायक मिस्टर आर जे को र्यापलाइ पनि गीतको बीच बिचमा सुन्न पाइन्छ । सार्बजनिक गरिएको “ठुम्का” बोलको गीतको भिडियोमा नेपाली टेलीस्रियल ‘भद्रगोल’ बाट चर्चामा आएका हरिश निरौला अर्थात (कक्रोज) र उनको साथमा नायिका आंचल शर्माको मोडलिङ्ग रहेको छ ।

उक्त गीतमा सब्द तथा संगीत सन्तोष सुनार को रहेको छ भने र्याप गायक मिस्टर आर जे र गायक समिर लाइ पनि भिडियोमा देख्न सकिन्छ । सार्बजनिक गरिएको गीतलाई मोहित मुनाल ले एरेञ्ज गरेका छन् भने राजिभ समरले सो भिडियोमा कोरियोग्राफ गरेका छन् । मनोज बस्नेत निर्माता रहेको उक्त भिडियोलाई छायाकार राम कुमार केसी ले छायांकन गरेका छन् ।

टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको उक्त गीतको भिडियोलाई धेरै दर्शकहरुले हेरेर मन पराइसकेका छन् भने धेरैले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् । उक्त गीतको भिडियोलाई ८ के एभरेस्ट मोसन पिक्चर को युटुब चयानल बाट सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!