हिपमत डटकम

आइतबार, चैत्र ०८, २०७७ || 581  पटक पढिएको

त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को प्रारम्भिक चरणमा श्रीलंका पुलिस एससीसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ।

एसियाली फुटबल महासंघ (एएफसी) का अनुसार प्रारम्भिक चरणको खेल आगामी ७ अप्रिल (चैत २५) मा दशरथ रंगशालामा हुने भएको हो।

एएफसी कप एसियाली फुटबल महासंघले आयोजना गर्ने एएफसी च्याम्पियन्स लिगपछिको दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता हो।

पहिलो चरणमा जित हात पारे आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरुसँग खेल्नेछ। सो खेल भने भारतमा हुनेछ।

दोस्रो चरणमा पनि जित हात परे आर्मीले प्ले अफमा प्रतिस्पर्धा गर्नेछ।

प्लेअफमा दोस्रो चरणमा जित हात पार्ने दुई टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्लेअफमा जित हात पर्ने टिम समूह चरणमा प्रवेश गर्नेछ।

दक्षिण एसियाको समूह डीमा भारतको एट्लेटिको मोहन बगान, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन्।

समूहका लागि चौथो टिम प्लेअफबाट छनोट हुनेछ।

दक्षिण एसियाको समूहको खेल माल्दिभ्सको मालेमा आयोजना हुनेछ।

आर्मीले गत वर्षको लिगमा दोस्रो स्थान हात पारेको थियो। गत वर्षको फागुन पहिलो साता सकिएको लिगको अन्तिम खेलमा मच्छिन्द्र क्लबसँग पराजित भएपछि आर्मी लिगको उपाधि पहिलो पटक जित्नबाट बञ्चित बनेको थियो।

लिग जित्न नसके पनि आर्मीले क्लब लाइसेन्सका लागि मापदण्ड पूरा गरेर एएफसी क्लब लाइसेन्स प्राप्त गर्‍यो। यदि मच्छिन्द्रले मापदण्ड पूरा गरेको भए उसैले एएफसी कप खेल्न पाउने थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!