सरकारी ऋणपत्र पनि दोस्रो बजारमा कारोबार गर्ने तयारी सरकारले गरेको छ । धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले सरकारी ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न ५० प्रतिशत ऋणपत्रको डिम्याट गर्ने काम सकिएको जनाएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाले ऋणपत्र दोस्रो बजारमा कारोबार गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । उनका अनुसार ऋणपत्र दोस्रो बजारमा जाँदा ब्रोकरमार्फत् नै कारोबार हुनेछ ।

एक कार्यक्रममा ढुंगानाले यो वर्ष सेयर बजारमा १६ वटा रेकर्ड ब्रेक भएको पनि बताए । प्राथमिक र दोस्रो बजारमा गरी यो बर्ष सेयर बजारले रेकर्ड ब्रेक गरेको हो । नेप्से परिसूचक २६ सय विन्दु पार र कारोबार रकम पनि सर्वाधिक भएको वर्ष यही हो ।

ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।

कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरी कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखि वा नराखी ऋण पूँजी उठाउन सक्छ । यसमा लगानी गर्ने लगानीकर्ताले आफुले गरेको लगानी रकममा तोकिएको ब्याजदर प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरधनीलाई लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!