आइतबार, माघ १९, २०७६ || 1770  पटक पढिएको

हिपमत डटकम
काठमडौं,१९ माघ:काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपियाँ पुगेको छ ।

शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको दुई सय ७० रुपियाँ तोकिएपछि आइतबारदेखि तयारी मासु किलोको चार सय रुपियाँ पुगेको व्यापारीले बताएका छन् ।

यो अहिलेसम्मकै धेरै मूल्य हो । गएको मङ्सिरको अन्तिम हप्ता तयारी मासु नै किलोको दुई सय ६० रुपियाँमा झरेपछि ब्रोइलर कुखुराका चल्ला उत्पादकले चल्ला र अण्डा नष्ट गरेका थिए ।

एक हप्ता लामो चल्ला ‘होलिडे’ अन्तर्गत ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरिएपछि त्यसैको प्रभाव स्वरुप अहिले देशभर ब्रोइलर कुखुरा अभाव भएपछि मासुको भाउ बढेको हो ।

यसअघि काठमाडाैं उपत्यका र आसपास ब्रोइलर कुखुरा अभाव भएमा व्यवसायीले बाहिरी जिल्लाबाट कुखुरा मगाउने गरेको भए पनि यस वर्ष सबैतिर ब्रोइलर अभाव भएको छ ।

अहिले तराईका जिल्लामै जिउँदो ब्रोईलर कुखुरा किलोको दुई सय ४० र काठमाडाैं उपत्यकामा किलोको दुई सय ७० तोकिएको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!