विराटनगर। प्रदेश १ को राजधानी विराटनगरमा अगामी चैत्र २६ गते देखि विराटगोल्ड कपको छैटौं संस्करण शुरु हुने भएको छ । स्थानीय शहीद रंगशालामा हुने सो गोल्डकप प्रतियोगितामा १० टिम सहभागी हुने आयोजक संस्थाले जानकारी दिएका हुन् ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्था विराट गोल्डकप फुटबल ट्रष्टले सो प्रतियोगिताबारे जानकारी गराएका हुन् ।

२०७७ चैत्र २६ गते देखि हुने सो प्रतियोगित नयाँ वर्ष २०७८ वैशाख ४ गते सम्म हुनेछ । दश दिन सम्म हुने सो प्रतियोगितामा नेपाल, भारत र क्यामरुन सहित १० टिम सहभागी हुने तथा १४ वटा टिमलाई सूचीमा राखिएको आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले जानकारी दिए ।

भारतको पंजाब पुलिस पंजाव, झारखण्ड टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टिम प्रतियोगितामा पहिलो पटक सहभागी हुँदैछ । त्यस्तै नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लव, संकटा क्लव, राष्ट्रिय लिग विजेता टिम मच्छिन्द्र क्लव, गोर्खा ब्याएज, रुपन्देही र आयोजक विराटनगर–११ सहभागी हुने संयोजक शाहले बताउनु भयो ।

प्रतियोगिताको मुख्य प्रायोजकमा रमपम चाउचाउ र मारुती सिमेन्ट रहेका छन् भने प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका मुख्य प्रवद्र्धक रहेका छन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजक समितिले बताएका छन् । प्रतियोगिताको लागि एक करोड २५ लाख रुपिँया लागत अनुमान गरिएको छ ।

यस प्रतियोगिताका उपाधी विजेतालाई १५ लाख १५ हजार, उपविजेताले ७ लाख ५१ हजार नगद पुरस्कारसहित कप तथा शिल्ड प्रदान गरिनेछ । प्रतियोगिताका म्यान अफ द म्याच हुने खेलाडीलाई १५ हजार नगद र सर्वोकृष्ट प्रशिक्षक, गोलकिपर, मिल्ड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्डलाई जनही २५–२५ हजार राशीको पुरस्कार प्रदान गरिने संयोजक शाहले जानकारी दिनुभयो ।

यस अघि २०७४ मा पाँचौं संस्करण भएको सो प्रतियोगिता मैदान स्तरोन्नती र कोरोनाका कारण रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!