हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 1386  पटक पढिएको

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत सार्वजनिक गरेका हुन् ।

मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो ।

तर पनि यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना दिएको छैन । उता विपक्षी नेताहरूले भने उनलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका छन् । तर यो समाचारको पुष्टि हुन सकेको छैन । यसै विषयको जवाफमा गतसाता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र जानकारी सञ्चारमाध्यममार्फत दिएका थिए । उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताएका छन् ।

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनकै अवसरमा उनी देशको राष्ट्रपति घोषित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!