हिपमत डटकम
काठमाडौं,१९ माघ:बलिउड सुपरस्टार सलमान खानलाई गोवामा प्रतिबन्ध लगाउन माग गरिएको छ । अभिनेता सलमान खानले गोवा एयरपोर्टमा सेल्फी खिच्नेक्रममा फ्यानको फोन खोसेको भिडियो सार्वजनिक भएपछि उनको विरोध गरिएको हो ।

उनले गत मंगलबार एयरपोर्टबाट निस्किने क्रममा सेल्फी खिच्दै गरेका एक फ््यानको मोबाइल खोसेका थिए ।उक्त भिडियोको विरोधमा कँग्रेसनिकट भारतीय विद्यार्थी संघले सलमानलाई गोवामा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।उनीहरूले गोवाका मुुख्यमन्त्री प्रमोद सावन्तलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ, ‘अभिनेता सलमान खानले आक्रोशित हुँदै एक फ्यानको फोन खोसेको घटनाप्रति माफी नमागेसम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ।’

त्यस्तै भारतीय जनता पार्टीका गोवा सचिव नरेन्द्र सवाइकरले अभिनेता खानलाई सम्बोधन गर्दै ट्वीट गरेका छन्, ‘सेलिब्रेटी भएको कारण फ्यानहरूले तपाईसँग सार्वजनिक स्थानमा सेल्फी लिन्छन्। तपाईले गनुभएको व्यवहार अपमानजनक लाग्यो। त्यसैले तपाईले सार्वजनिक रूपमा माफी माग्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!