हिपमत डटकम
काठमाडौं,१९ माघ:बलिउड अभिनेत्री प्रीति जिन्टा ४५ वर्ष पुगेकी छिन् । उनको जन्म १९७५ को फेब्रअरी ३१ मा हिमाञ्च प्रदेशमा भएको थियो । भने उनले बलिउडमा १९९८ मा पाइला टेकेकी थिइन् । उनले हिन्दी, पञ्जाबी, तेलगु र अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन् ।

उनले बलिउडमा भने निकै गहिरो छाप छोडेकी छिन् । उनले थुप्रै सुपरहिट फिल्ममा काम गरेकी छिन् । निकै सुन्दर अनुहारका कारण पनि उनलाई धेरैले आफ्नो लोकप्रिय कलाकारको सूचीको पहिलो स्थानमा राखेका छन् ।

उनी अहिले पनि सामाजिक सञ्जालमा उत्तिकै लोकप्रिय छिन् । उनले फिल्ममा राज त गरिन् नै तर उनको चर्चा भने फिल्मले भन्दा उनको अफेयर्सले दिलायो । उनको प्रेमसम्बन्धका थुप्रै किस्साहरु अझै पनि बलिउडमा निकै चर्चित छ । उनको विवाहित पुरुषसँग पनि प्रेमसम्बन्ध स्थापित भइसकेको छ ।

उनले एकपटक फिल्मको लागि निर्देशक शेखर कपूरको अगाडि अडिशन दिएकी थिइन् । शेखरले उनलाई देख्नेवित्तिकै फिल्ममा काम दिए । विवाहित शेखरले प्रीतिलाई मन पराउन थाले र उनीहरुको लामो समय अफेयर चल्यो । त्यति मात्र होइन शेखरकी श्रीमतीले प्रीतिलाई सम्बन्धमा दरार पैदा गरेको आरोप समेत लगाएकी थिइन् ।
शेखरबाहेक प्रीतिको हलिउड अभिनेता लर्स जेलसनसँग पनि अफेयरको चर्चा चलेको थियो । जेलसन पनि विवाहित थिए । यो सम्बन्ध पनि निकै चर्चित बनेको थियो ।

अफेयरको हल्लाकैबीच प्रीति र जेलसनको प्राइभेट फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि जेलसनको वैवाहिक जीवनमा हलचल मच्चाइदिएको थियो ।

यसपछि प्रीतिको नाम व्यवसायी नेस भाडियासँग जोडियो । लामो समयसम्म चलेको यो सम्बन्ध पनि बिछोडमा परिणत भयो । समाचारका अनुसार प्रीतिले नेसमाथि शोषणको आरोप पनि लगाएकी थिइन् ।

यसका साथै उनको नाम क्रिकेटर युवराज सिंहसँग पनि जोडिएको थियो । उनीहरु थुप्रैपटक एकसाथ देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!