हिपमत डटकम

मंगलबार, चैत्र ०३, २०७७ || 851  पटक पढिएको

अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् ।

अधिकारीहरुले दिएको जानकारीअनुसार दक्षिणी फ्लोरिडामा सोमबार एक सानो विमान गुडिरहेको कारमा ठोक्किएको थियो ।

विमान पेम्ब्रोक पाइन्समा रहेको नर्थ पेरी विमानस्थलबाट उडेको केही समयमा नै दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा विमानमा सवार दुवैजनाको मृत्यु भएको छ भने कारमा यात्रा गरिरहेका एक बालकको पनि मृत्यु भएको छ । कारमा रहेकी अर्की एक महिला घाइते भएकी छन् ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी आइपुग्दा बालक कारभित्र थुनिएका थिए भने चालकले जसोतसो महिलालाई बाहिर निकालेका थिए । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । कारका चालकको अवस्था भने अज्ञात छ ।

अमेरिकाको हवाई सुरक्षा नियामकले यो दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ । गत वर्ष मात्र उक्त क्षेत्रमा पाँचपटक विमान दुर्घटना भएको थियो । जसमध्ये चार दुर्घटनामा मानिसको मृत्यु पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!