आइतबार, माघ १९, २०७६ || 656  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,१९ माघ:बलिउडकी चर्चित नायिकामध्येकी एक काजोल सोसल मिडियामा निकै सक्रिय छिन् । काजोल आफ्नो फिल्मको प्रोमोशनदेखि परिवार र साथीभाइसँग बिताएका पललाई कैद गरेर सोसल मिडियामा सेयर गर्छिन् । यसबाहेक उनका लुक्स पनि इन्स्टाग्राममा चर्चाको विषय बन्ने गर्छ ।

अब काजोल एकपटक पुनः चर्चामा आएकी छिन् । उनी छोरी न्यासाका कारण चर्चामा आएकी हुन् । काजोलले न्यासासँग इन्स्टाग्राममा दुईवटा फोटो सेयर गरेकी छिन् जसमा उनी निकै सुन्दर देखिएकी छिन् । यो फोटोमा न्यासा काटिकुटी काजोलसँगै देखिएकी छिन् ।

यी फोटो सेयर गर्दै काजोलले लेखिन्, ‘धेरै दिनपछि मेरी छोरीसाग मुम्बई रोडमा ।’ यी फोटोले अहिलेसम्म चार लाख बढी लाइक पाएको छ । यसबाहेक प्रयोगकर्ताले यसमा थुप्रै कमेन्ट पनि गरिरहेका छन् । प्रशंसकले आमा–छोरीको निकै तारिफ गरेका छन् ।

काजोलको परिवारःस्मरण रहोस्, काजोलले अजय देवगनसँग सन् १९९९ को फेब्रुअरी २४ मा विवाह गरेकी थिइन् । उनीहरुले सन् २००६ को अप्रिलमा छोरी न्यासा र सन् २०१० को सेप्टेम्बरमा छोरा युगलाई जन्म दिए । यी दुई लाइमलाइटबाट टाढा छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!