आइतबार, माघ १९, २०७६ || 1003  पटक पढिएको

हिपमत डटकम
पोखरा,१९ माघ:उमा माध्यमिक विध्यालय अन्नपूर्ण गाउँपालिका वडा न १० कि कक्षा ९ मा अध्ययनरत छात्रा ममिता बिक कास्की तारा बन्न सफल भएकी छन् ।
सुर्यतारा क्लब पोखराद्धारा आयोजित २०७६ असोज ५ गते देखि सुरु भएको कास्की तारा वक्तृत्वकलाको फाइनलमा प्रथम हुदै बिकले नगद रु तिस हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
सुखी नेपाली समृद्ध नेपाल निर्माणका आधार विषयक वक्तृत्वकलामाअमरसिंह माध्यमिक बिध्यालय कक्षा १० मा अध्यनरत छात्रा अपेक्षा अधिकारी द्धित्तीय र गौरीशंकर मनिलाल मा वि कि कक्षा १० मा अध्यनरत छात्रा दुर्गा ढुंगाना तृतीय भए ।
द्धत्तीय र तृतीयले क्रमशः बिस हजार र दश हजार सहित मेडल र प्रमाणपत्रले प्राप्त गरे ।
कास्कीमा रहेका पांच वोटे स्थानीय तहमा भिन्ना भिन्नै माध्यमिक बिध्यालय स्तरीय प्रतियोगिता सम्पन्न गरि उत्कृस्ट तीन लाई फाइनलमा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगिताको फाइनलमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सुर्यतारा क्लब पोखरा जस्तै सामाजिक संस्थाहरुले सरकारसंग हातेमालो गर्दै अगाडी बढेमा सुखी नेपाली समृदद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गरिन् ।
बालबालिका भबिष्यका कर्णधार रहेकाले उनीहरुबाट प्राप्त बिचारले नीति निर्माण तहमा महत्वपुर्ण योगदान पुग्ने कोइरालाको भनाइ थियो ।
क्लबका अध्यक्ष बिष्णु पुनले कास्की तारा हुन सफल विध्यार्थीलाई उच्च शिक्षा सम्मको अध्ययन खर्च क्लबले बेहोर्ने घोषणा गरे ।
उनले भोलिको समाजको नेतृत्व विध्यार्थीहरुको हातमा हुने भयकाले लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन यस्ता अभियान सुरु गरिएको बताए ।
वेथानी वोर्डिङ्ग स्कुल पोखरा १० मा आयोजित उक्त कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा , पोखरा महानगरपालिका वडा नं ३० अध्यक्ष श्रीराम पोखरेल , वेथानी वोर्डिङ्ग स्कुल स्कुलका प्रिन्सिपल शुक्रराज अधिकारि, क्लबका सल्लाहकार मोहन सुवेदी , क्लबका सहसचिब कृष्ण प्रसाद अधिकारी लगायतले बोलेका थिए ।
प्रतियोगिताको निर्णायकको रुपमा समालोचक नगेन्द्र राज लामिछाने, उप प्राध्यापक नारायण दत्त सुबेदी र विध्यार्थी नेता लक्ष्मण तिमिल्सेना रहेका थिए ।
कार्यक्रम संयोजक शिब प्रसाद अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन क्लबका सचिव रामचन्द्र तिमिल्सेनाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!