हिपमत डटकम

आइतबार, चैत्र ०१, २०७७ || 1161  पटक पढिएको

घरमा राखिएको एउटा क्रिस्टल बलमा घामको किरण पर्दा आगलागी भएको छ जसका कारण घर मालिकलाई २५० हजार डलर (२ करोड ९० लाख रुपैयाँ) को क्षती भएको छ । यो घटना अमेरिकाको विस्कोन्सिनको हो । फायर डिपार्टमेनटका अनुसार घटना गत सोमबारको हो ।

डेल्टोनस्थित एक घरको लिभिङ रुममा काँचको एउटा क्रिस्टल बल राखिएको थियो । झ्यालबाट उक्त बलमा सूर्यको किरण परेको थियो । यसैकारण सबैभन्दा पहिला काउचमा आगो लाग्यो त्यसपछि लिभिङ रुमको अन्य हिस्सामा पनि आगो फैलियो ।

दमकल विभागका अनुसार ठूला झ्यालबाट घामको किरण घरभित्र आइरहेको थियो जुन काँचको बलमा पर्दा आगलागी भयो । फायर डिपार्टमेन्टले काँचको बललले म्यागनिफाइङ ग्लासको रुपमा काम गर्यो ।

साधारणतया घामको किरण ठूलो क्षेत्रफलमा पर्ने गर्छ तर क्रिस्टल बलका कारण घाको किरण एक बिन्दूमा केन्द्रीत भयो जसका कारण आगलागी भयो । यद्यपि, उक्त आगलागीमा मानवीय क्षती भने भएन ।

अमेरिकाको दमकल विभागले मानिसहरुलाई क्रिस्टल, ऐना, काँचका गहना र बोतललाई सूर्यको किरण पर्ने ठाउँमा नराख्न सल्लाह दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!